१० जेठ, काठमाण्डौ । नेकपा एमालेको आज बेलुका बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गदै सरकारमा सहभागी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन समेत दिएको छ ।