Breaking News

झलनाथमाधव सहित ११ जना पार्टीबाट निस्कासि १२ जनालाई २४ घन्टे स्पष्टीकरण

१० जेठ, काठमाण्डौ । नेकपा एमाले अध्यक्ष ओलीको अध्यक्षमा बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले एमालेका दुई वरिष्ठ नेता झलनाजथ खनाल र माधव नेपाल सहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको छ भने बांकी १२ जनालाई २४ घन्टे स्पष्टीकरण सोधिएको छ ।

बैठकको निर्णयबारे जानकारी दिने क्रममा पार्टीका प्रवक्ता समेत रहेका प्रदीप ज्ञवालीका अनुसार आज बसेको एमाले स्थायी कमिटीको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सिफारिसको लागि हस्ताक्षर वरेका र पहिलो चरणमा स्पष्टीकरण सोधिएको ११ जना सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको र बांकी १२ जनालाई एक दिने स्पष्टीकरण सोधिएको चित्तबुझ्दो उत्तर नआएको खण्डमामा उनीहरुलाई पनि थप कारवाही गरिने बताए ।

एमाले आजको स्थायी कमिटीको बैठकको यस खालको निर्णयले के स्पष्ट जनाउंछ भने एमाले अव सक्लो रहेन । एकताका लागि भनेर पार्टीका दुई पक्ष एकताका लागि हरदिन कसरसत रहेका भए पनि आजबाट त्यसको च्याप्टर सकिएको अनुमान लगाउन सकिन्छ ।