१० जेठ, काठमाण्डौ । एमालेमा दुई पक्षबीच देखिएको टकराव अन्तः फुटको स्थितिमा पुगेको छ । दुई पक्षबीच पार्टी एकता मिलाउने हरेक प्रकारका कसरत र घनीभूूत छलफल भएता पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले गएको जेठ ७ गते राती प्रतिनिधिसभा बैठक बिघठन पछि पार्टीमा फलफल र वार्ता सकिएको बेला बिपक्षी गठबन्धनका प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाको पक्षमा २७ जना सांसदले हस्ताक्षर गरेर सितल निवास पुर्याएको आज संसद बिघठनको बिपक्षमा सर्वोच्चमा परेको रिटमा एमाले माधव पक्षका २३ जना सांसदले रिट निवेदनमा हस्ताक्षर सहित उपस्थिति जनाएपछि बालुवाटारमा बसेको एमाले अध्यक्ष ओली पक्षको स्थायी कमिटी बैठकले नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । भरखरै सकिएको बालुवाटार बैठकको निर्णय सुनाउंदै पार्टी प्रवक्ता तथा परराष्ट्मन्त्री प्रदीप ज्ञवालीका अनुासर स्थायी समिति बैठकले खनाल नेपाल सहितका स्पष्टीकरण सोधिएका ११ नेतालाई पार्टीबाट निष्काशन गरेको बताए ।
उनकाअनुसार उनीहरुलाई काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनर्स्थापना हस्ताक्षर गरेर पार्टी गतिविधि विरुद्ध लागेको आरोप लगाइएको छ । यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो ।
बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पार्टी सदस्य नै नरहने गरी कारवाही गरेको हो ।