एमाले ओली पक्षले माधव पक्षलाई थप कारवाही गर्दै

१० जेठ, काठमाण्डौ । नेकपा एमालेमा देखिएको विवादले जेठ ७ गतेबाट झनै उग्र रुप लिएको छ । प्रधानमन्त्री ओेलीले मध्यराती संसद बिघठनको सिफारिस गरेर मुलुकलाई दोस्रो पटक चुनावमा धकेलेपछि त्यस बिरुद्ध झनै चिढिएको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले अर्को नयां सरकारका प्रस्तावित प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेपछि ओली स्थायी कमिटी बैठकले नेपाल सहित ११ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो तर माधव सहित ११ जना सांसदे ओलीको स्पष्टीकरणको उत्तर नदिने बताए पछि आज बस्न लागेको ओली पक्षीय स्थायी कमिटी बैठक बस्दै छ प्राप्त समाचार अनुसार ओलीले आज बस्ने स्थायी कमिटीबाट माधव पक्षलाई थप कारवाही गर्ने बुझिएको छ ।

आज १२ बजे बोलाइएको स्थायी समिति बैठकले उहाँहरुलाई सम्भवतः एमालेको साधारण सदस्यसमेत नरहने गरी निकाल्ने स्रोतले बताएको छ ।

उता ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा नेकपा एमाले ओली समूहको बागमती प्रदेश कमिटीको बैठक भइरहेको छ । निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादलको उपस्थितिमा बागमती प्रदेशस्तरीय छलफल गर्न लागिएको बताइन्छ ।