सुन चाँदीको मूल्य बढ्यो

९ जेठ,काठमाडौं । हप्ताको पहिलो कारोबार दिन आज सुनको मूल्यमा ३०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ ।
यता चाँदी तर्फ भने गत शुक्रबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले गिरावट आउँदै आज एक हजार ३४५ रुपैयाँ कायम भएको छ ।