कोरोना संक्रमणबाट सल्यान अस्पतालमा थप ३ जनाको मृत्यु

९ जेठ,सुर्खेत । जिल्ला अस्पताल सल्यानमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका, बागचौर नगरपालिका र त्रिवेणी गाउँपालिकाका रहेका छन् । छत्रेश्वरी गाउँपालिका ६ का ६३ वर्षीय पुरुष, बागचौर नगरपालिका ९ का ५२ वर्षीय पुरुष र त्रिवेणी गाउँपालिका ६ का ५८ वर्षीय पुरुष रहेका छन् ।

तीनैजनाको आज बिहान सल्यान जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएका हो । स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनल बताए । आज तीन जनाको मृत्यु भएसँगै कोरोनाबाट सल्यानमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।