कारबाही र बदलाको राजनीतिले गन्तव्यमा नपुगिने यसका लागि सबैले आफ्नो विगतलाई हेरौँ । धैर्य गरौँ, संवाद गरौँ

योगेश भट्टराई

९ जेठ, काठमाडौं । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेमा हस्ताक्षर नगरेरका एमाले सचिव तथा माधव नेपाल समूहका नेता योगेश भट्टराईले सामाजिक संजाल फेसबुकमा स्टाटेट लेख्दै भनेका छन्, कारबाही र बदलाको राजनीतिले गन्तव्यमा नपुगिने बताएका छन् ।

एमालेले माधव नेपालसहितका नेताहरुलाई कारबाहीको प्रक्रिया सुरु गरेपछि भट्टराईको यस्तो टिप्पणी गरेका छन् ।

नेता भट्टराईले नेताहरुलाई आफ्नो विगत हेरेर धैर्य गर्न र संवाद गर्न आह्वान पनि गरेका छन् ।

‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा पु¥याएको छैन र पु¥याउँदैन पनि । पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही हो । सबैले आफ्नो विगतलाई हेरौँ । धैर्य गरौँ, संवाद गरौँ । भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिएनन् ।

एमाले माधव समूहका २६ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे पनि भट्टराईले नगरेपछि उनले माधव समूहको साथ छाडेको नभने पनि यो कुरा सामाजिक संजाल तथा अनलाईन मिडियामा आएको थियो ।

नेता योगेश भट्टराईले आफ्नो फेसबुकवालमा लेखेको स्टाटेड :
कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तब्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो बिगतलाई हेरौ। धैर्य गरौ, संवाद गरौ ।