लागु औषधसहित कञ्चनपुरमा दुईजना युवक पक्राउ

९ जेठ, धनगढी । सशस्त्र प्रहरीले लागु औषधसहित कञ्चनपुरमा दुईजनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी मातहतको बोर्डर आउट पोष्ट भुडाबाट खटिएको टोलीले बेलौरी नगरपालिका–१० बाट २ जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१० कै २० वर्षीय नरेन्द्र चन्द र २२ वर्षीय टेकबहादुर शाही रहेको सशस्त्र प्रहरीले बताएको छ ।

उनीहरुको साथबाट ६ ग्राम खैरो हिरोईन, ३ वटा मोवाईल, एक हजार पाँच सय रुपैयाँ नगद पनि बरामद गरिएको छ । दुवैजनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेल्डाँडीमा लगेको छ ।