बादललाई भोट नदिएको भन्दै माधव पक्षीय १४ प्रदेश सांसदलाई स्पष्टीकरण माग

८ जेठ, काठमाडौं । गएको जेठ ६ गते बागमती प्रदेश राष्ट्यिसभा निर्वाचनमा नेकपा (एमाले) ले सो सिटमा गृहमन्त्री रामबहादुर थापा (बादल) लाई उम्मेदवार दिएको थियो भने बिपक्षी नेकपा माओवादी, नेपाली कांग्रेस, जसपा र एमाले माधव पक्षले माधव पक्षीय स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई उठाएर माधव पक्षका भोट खिमलाललाई गएपछि बादल हारेका थिए भने देवकोटा बिवजी भएपछि एमाले बागमती प्रदेश संसदीय बोर्डको बैठकले माधव नेपाल समूहका बागमती प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको बोर्डको बैठकले पार्टीको निर्णय विपरित नेकपा एमालेको उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिएको र पार्टीको निर्णय विपरित काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।
बैठकले उनीहरुलाई भोलि जेठ ९ गते आइतबार साँझ ५ बजे भित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।

स्पष्टीकरणमा पर्नेमा अष्टलक्ष्मी शाक्य, अरुण नेपाल, राजेन्द्र पाण्डे, रचना खड्का , कुसुम कार्की, मुनु सिग्देल, बसुन्धारा हुमागाईं, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, बसन्त मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मिना ज्ञवाली रहेका छन् ।

निर्धारित समयमा पनि उचित स्पष्टीकरण पेश नगरे पार्टीले आवश्यक कारवाही प्रकृया अगाडि बढाउने प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।