राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको कदमको घोर भर्त्सना गर्दै त्यसको प्रतिवाद गरौं

वरिष्ठ नेता, झलनाथ खनाल

८ जेठ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा संविधान विरोधी काम भएको बताएका छन् । वरिष्ठ नेता खनालले आफ्ना विचार सार्वजनिक गर्दै राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको उल्लेख गरेका छन् । उनीहरुको सो कदम कदापि क्षम्य नहुने उनको भनाई छ । साथै सो कदमको घोर भर्त्सना गर्दै त्यसको प्रतिवाद गर्न खनालले आग्रह गरेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको छ । यो कदम कदापि क्षम्य हुने छैन । यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो । यस कदमको म घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु ।