७६ दिन पछि लकडाउन खुल्यो बुआन शहर

कदर समाचार
२६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उद्गम स्थल चीनको वुहान शहरका मानिस दुई महिनाभन्दा लामो समयपछि आज बुधबार बाहिर निस्किन पाएका छन् । मानिसहरु आफ्नो दैनिकीमा फर्किएका छन् ।
वुहानमा २३ जनवरीबाट लागू भएको लकडाउन मानव इतिहासकै सबैभन्दा लामो बन्दाबन्दी (लकडाउन) मानिएको छ । वुहानका सडक खुला भएका छन् । कर्मचारीहरुले राति नै सडकमा राखिएका अवरोधहरु हटाएका थिए ।
हवाई उडान पुनः सञ्चालनमा आएका छन् भने रेल सेवा सुरु भएको छ । यहाँका मानिसहरु चीनको अन्य भागमा जान पाएका छन् । बुधबार बिहान १० हजार मानिसले हवाई जहाजबाट शहर छाडेका छन्, जो लकडाउनको कारण लामो समय वुहानमा रहेका थिए ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले वुहानमा लकडाउन निकै कडा पारेको थियो । शुरुमा मानिसहरुलाई पसलमा गएर खाद्यान्न किन्ने अनुमति थियो । तर मध्य फेब्रुअरीबाट मानिसहरुलाई घरको कम्पाउण्डबाट बाहिर निस्किने अनुमति दिइएन । यस्तोमा डेलिभरी चालक जीवनयापनको लागि निकै महत्वपूर्ण बने । ‘पछिल्लो दुई महिनामा कोही मानिस पनि सडकमा देखिएनन्’, डेलिभरी चालक जिया शेन्झीले बीबीसीसँग भनेका छन् । उनी जेडी डटकमको वुहानमा डेलिभरी स्टेशन प्रमुख थिए । मानिसहरुले परिवारका वृद्ध सदस्यका लागि औषधिजस्ता अत्यावश्यक बस्तु लागि फोन गर्ने गरेको जियाले सुनाए । तर मानिसहरुले समयमा सामान र्पुयाउन कठिन थियो । यसले उनलाई पिरोल्थ्यो । त्यसैले उनी स्कुटरमा औषधि लिएर घरमा र्पुयाइदिन्थे ।
कतिपयले संक्रमणको जोखिम अझै कायम रहेकाले सुरक्षात्मक पोशाक लगाएका छन् । हुन ढाकछोपको प्रयास गरेको थियो । स्थानीय अधिकारीहरुले भाइरसबारे चेतावनी दिएका डाक्टरलाई बोल्न रोक लगाएको थियो । सामाजि

 

क सञ्जालमा पनि सेन्सर गरिएको थियो । कतिसम्म भने सामाजिक सन्जाल वीच्याटमा ग्रुप बनाएर सरकारविरुद्ध बोल्नेलाई प्रहरीले समातेर लान्थ्यो । त्यसैले आशंका गर्नु स्वाभाविक
हो । तर निकै कडा लकडाउनले वुहानमा संक्रमितको दर नाटकीय रुपमा घटाएकोमा दुईमत देखिँदैन । संक्रमण नियन्त्रणमा आएपछि पछिल्लो केही सातादेखि वुहानमा लकडाउन केही खुकुलो पारिएको थियो । मानिसहरुलाई आफ्नो कम्पाउण्डमा निस्किन दिइएको थियो भने व्यवसायहरु खुल्न शुरु गरेका थिए ।
अहिले वुहानदेखि चीनसँग जोडिने यातायात पनि सञ्चालनमा आएका छन् । यस्तोमा केही मानिसले आक्रोश व्यक्त गरेपनि उनीहरु सरकारले राम्रो काम गरिरहेको बताउँछन् । यद्यपि अझै वुहानका सबै कोरोना संक्रमित निको भइसेकेका छैनन् भने चीनमा पुनः यो भाइरस फैलिन सक्ने जोखिम भने कायम छ । त्यसैले यात्रामा निस्किएकाहरुले रेनकोट जस्तो देखिने कपडा र मास्क लगाएको देखिन्छ । रेल तथा हवाई उड्डाहरुमा पालो पर्खिनेहरुले व्यक्तिगत दुरी कायम राखेको देखिन्छ ।
वुहानमा कोभिड–१९ को अवस्था
यसले महामारी नियन्त्रण र अर्थतन्त्र पुनः सञ्चालनमा ल्याउनको लागि अवरोध सृजना गर्न सक्छ । चीनको वुहान सहरमा मात्र ५० हजारभन्दा धेरै संक्रमित फेला परेका थिए, जसमध्ये दुई हजार पाँच सयभन्दा धेरैको मृत्यु पनि भयो । तर अहिले वुहानमा संक्रमितको संख्या पाँच सयभन्दा पनि कम छ । नयाँ संक्रमण देखिएको छैन । त्यसैले वुहानमा यो महामारी नियन्त्रणमा आएको मानिएको छ ।  तर चीनमा भने मंगलबार मात्र ६२ नयाँ संक्रमित फेला परे । उनीहरुमध्ये ५९ जना विदेशबाट आएका मानिस थिए । लक्षण नदेखिएका मानिसहरुमा पनि संक्रमण देखिएकाले पुनः महामारी फैलिन सक्ने आशंका भने कायमै छ ।