संसद बिघठन पछि सभामुख सापकोटाले राजनीतिक दलका शीर्ष नेता र संविधानविदहरुसँग सघन परामर्श

८ जेठ, काठमाडौं । मध्यरातमा राष्ट्पतिले संसद विघटन गरेर मध्यवधि चुनावको घोषणा गरेपछि त्यस बारेमा आफ्नो प्रतिक्रिया दिने क्रममा सभामुख अग्नि सापकोटाले सघन परामर्श थालेको उनको सचिवालयले जनाएको छ । सभामुख सापकोटाले राजनीतिक दलका शीर्ष नेता र संविधानविदहरुसँग परामर्श थालेका हुन् ।

‘हिजोको घटनापछि सभामुखज्यू सघन परामर्शमा हुनुहुन्छ । सम्भवतः आजै उहाँले आफ्नो धारणा सार्वजनिक गर्नुहुन्छ,’ सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने ।

यसअघि गत पुस ५ गते पनि संसद विघटन गर्दा सभामुख सापकोटाले विरोध जनाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रको नेता हुँदै सभामुख बनेका सापकोटाबीच तिक्ततापूर्ण सम्बन्ध छ ।