Breaking News

देउवा निवास बुढानिलकण्ठमा प्रचण्ड पसे लगत्तै माधव नेपाललाई पनि बोलाईयो

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा हुने सर्वदलीय छलफलमा नेकपा एमालेका नेता माधवकुमार नेपाललाई पनि बोलाइएको छ ।

आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपति, प्रधानमन्त्रीका कदम संविधानविपरीत भएको भन्दै अन्य दलसँग छलफल गरी रणनीति तय गर्ने निर्णय गरेको थियो ।

अबको केही बेरमा बस्ने सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधव नेपाललगायतलाई खबर गरिएको छ ।
अरू दलसँग छलफल गर्न बैठक गर्न लागेका हौं । नेताहरूलाई खबर गर्ने काम भइरहेको छ । माधव नेपालजीलाई पनि बोलाइएको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार लोकतन्त्र र संविधानविपरीत हुने गरी राष्ट्रपति र प्रधानमन्त्रीले कदम चालेकोले अरू दलहरूसँग पनि छलफल गरेर आवश्यक रणनीति तय गर्नुपरेको हो ।