धौलीगंगो बाँधको ढोका खोलिने भएकाले महाकाली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

६ जेठ, धनगढी । दार्चुलासँग जोडिएको भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलिने भएकाले महाकाली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज सूचना जारी गर्दै जलविद्युत परियोजनाले लगातारको वर्षाका कारण नदीमा पानीको मात्रा बढेकाले बाँधको पानी खाली गर्न ढोका खोलिने बताएकोले सर्तकता अपनाउन भनेको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जारी गरेको सूचनामा महाकाली नदीमा जुनसुकै बेला जलस्तर बढ्न सक्ने भएकाले जिल्लाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका बासिन्दालाई पूर्व सतर्ककता अपनाउन जानकारी गराए ।