स्थानीय तहका २३३ मतदातामध्ये देवकोटाले १२८ र रामबहादुर थापा बादलले १०३ मत

६ जेठ, काठमाडौं । वाग्मती प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । प्राप्त जानकारी अनुसार डा. खिमलाल देवकोटाले अग्रता कायमै राखेका छन् ।

स्थानीय तहका २३३ मतदातामध्ये देवकोटाले १२८ र रामबहादुर थापा बादलले १०३ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका छन् ।
स्थानीय तहको कुल २३८ मध्ये २३३ मत मात्र खसेको थियो । वाग्मती प्रदेशका स्थानीय तहमा नेकपा एमालेको १३३ मतदाता छन् ।