रौतहटमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु , २८ जनामा कोरोना संक्रमण पुष्टि

६ जेठ, रौतहट । रौतहटमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल गौरको पीसीआर ल्याबमा १४८ जनाको नमुना परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण देखिएको हो । गत २४ घण्टामा चारजना कोरोना संक्रमणमुक्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटले बताए ।

जिल्लामा सबैभन्दा बढी गौरमा ११३ र चन्द्रपुरमा १०८ जना सक्रिय संक्रमित रहेका छन् ।