कोरोना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु

६ जेठ, काठमाडौं । बाँकेको विभिन्न अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो साँझ ५ बजे देखि आज बिहान साढे १ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ३÷३ जना बाँके र बर्दिया, १÷१ जना दाङ र कैलालीका छन् ।

भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका–५ बाँकेकी २८ वर्षीया महिलाको हिजो साँझ ५ बजे, खजुरा गाउँपालिका–३ बाँकेकै ८५ वर्षीय पुरूषको हिजो साँझ ५ः ४५ बजे र राप्तीसोनारी गाउँपालिका–६ बाँकेकै ५४ वर्षीय पुरुषको आज मृत्यु भएको हो ।

यस्तै भेरी अस्पतालमै उपचाररत बासगढी नगरपालिका–४ बर्दियाका ४२ वर्षीय पुरूषको बुधाबार साँझ ६ः३० बजे, बढैयाताल गाउँपालिका–८ बर्दियाका ४५ वर्षीय पुरूषको बुधबार राति ८ः३० बजे र गुलरिया नगरपालिका–४ बर्दियाकी ६१ वर्षीया महिलाको बिहीबार विहान १ः१५ बजे मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–३, दाङका ६५ वर्षीय पुरुषको हिजो साँझ ७ः३० बजे र घोडाघोडी नगरपालिका–४, कैलालीका ४५ वर्षीय पुरूषको बिहीबार विहान १ बजे मृत्यु भएको हो ।