बजेटको विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

६ जेठ, काठमाडौं । आज दिउँसो २ बजे बोलाइएको एमाले स्थायी समिति बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले बताए ।

आज बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल हुने एजेण्डा रहेको ती मन्त्रीले बताएका छन् । संवैधानिक व्यवस्था अनुसार बजेट पेस गर्ने मिति (जेठ १५) आउन अब ९ दिन बाँकी छ । तर सरकारले संसदको बजेट अधिवेशन बोलाएको छैन ।

प्रतिनिधि सभा नियमावलीमा बजेट पेस हुनुभन्दा १५ दिन अघि नै प्रि–बजेट छलफल समाप्त भइसक्नुपर्ने भन्ने व्यवस्था छ । यो व्यवस्था अनुसार वैशाख मसान्तमै प्रि–बजेट छलफल सकिनुपर्थ्यो । तर सो समयमा संसद अधिवेशन नै आह्वान गरिएन ।