सेनाले कैलालीमा कोरोना संक्रमणको शव व्यवस्थापनका लागि महिला सैनिकको टोली खटायो

५ जेठ, धनगढी । कैलालीमा कोरोना संक्रमितको शव व्यवस्थापनका लागि नेपाली सेनाले महिला सैनिकलाई पनि खटाएको छ ।
धनगढीमा रहेको नेपाली सेनाको भवानी दल गणले आजदेखि उप–सेनानी शशि खड्काको कमाण्डमा ५ जनाको टोली संक्रमितको शव व्यवस्थापनमा खटाइएको बताए ।

भवानी दल गणका प्रमुख सेनानी विकास केसीले उक्त टोलीले विशेषगरी कोरोना संक्रमणबाट ज्यान गुमाएका महिला तथा बालबालिकाको शव गर्ने जानकारी दिए ।

नेपाली सेनाको भवानी दल गणबाट कोरोना संक्रमितको शव व्यवस्थापनका लागि सैनिक पुरुषका ३ वटा टोली परिचालन गरिएका थिए ।
‘१०÷१५ जना गरेर हामीले तीन वटा टोली परिचालन गरेका थियौँ, ’ केसीले भने, ‘आजदेखि चार टोली भएका छन् । आवश्यकताका आधारमा थपघट गर्छौँ ।’