कोरोना संक्रमणबाट वीपी प्रतिष्ठान धरानमा २ जनाको मृत्यु

५ जेठ, काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बेलबारी–९ मोरङका ६५ वर्षीया महिलाको हिजो साँझ ६ः ३० बजे मृत्यु भएको हो ।

यस्तै सुन्दरहरैचा–१० मोरङका ७२ वर्षीय पुरूषको हिजो साँझ ५ः५० बजे मृत्यु भएको हो ।
उनलाई वैशाख १० गते कोरोना संक्रमण देखिएपछि वैशाख ११ गते वीपी प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।