भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ हजार ५२९ जनाको मृत्यु

५ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण ४ हजार ५२९ जनाको मृत्यु भएको हो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा २४ घण्टाको अवधिमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको हो । उक्त अवधिमा भारतमा कोरोनाका २ लाख ६७ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

भारतमा लगातार तेस्रो दिन तीन लाखभन्दा कम नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ५४ लाख नाघेको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख ८३ हजार २४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा सबैभन्दा बढी ३३ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै केरलामा नयाँ संक्रमितको संख्या कर्नाटकमा ३० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । महाराष्ट्रमा नयाँ संक्रमितको संख्या २८ हजारभन्दा धेरै छ ।