४ वैशाख, काठमाडौं । आउंदो जेठ ६ गते राष्ट्रिय सभा बागमती प्रदेश अन्र्तगतको रिक्त एक सिटका लागि निर्वाचन हुंदैछ । २०७४ मा एमाले–माओवादी गठबन्धनबाट निर्वाचन लडेका बादलको कार्यकाल ६ वर्षको थियो । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले–माओवादी एकता भंग गरिदिएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूतिएपछि बादल एमाले प्रवेश गरेका थिए ।
माओवादी केन्द्रका सांसद रहेका गृहमन्त्री रामबहादुर थापा बादल एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले फिर्ता बोलाएपछि रिक्त रहेको सो राष्ट्रिय सभा उप निर्वाचनका लागि भोट माग्न गृहमन्त्री रामबहादुर थापा बादल आज एमाले वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वर पुगेर सहयोग मागेका छन् ।
गृहमन्त्री बादलले भोटको लागि सहयोग मागे पनि वरिष्ठ नेता नेपालले भने कुनै जवाफ दिएनन् ।
नेपाल पक्षले ’किनकी उहाँ हाम्रो उम्मेदवार होइन, त्यसैले भोट हाल्छौं भनेर वचन दिने कुरै भएन नेपाल पक्षका एक नेताले बताएका छन् ।
एमालेको तर्फबाट उम्मेदवार बनेका छन् भने विपक्षी (कांग्रेस–माओवादी) गठबन्धनको तर्फबाट खिमलाल देवकोटा उम्मेदवार बनेका छन् ।