४ वैशाख, काठमाडौं । जसपा का दुबै अध्यक्षको सहमति पछि पार्टीले केन्द्रीय कार्यकारिणी समिति बोलाएको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले कार्यकारिणी समितिका सदस्यलाई पत्र लेखी जेठ ८ र ९ गते हुने बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।
मंगलबार नै अध्यक्षद्वय ठाकुर र यादवले सरकारको नेतृत्वमा दावी गरी संयुक्त विज्ञप्ति निकालेपछि कार्यकारिणी समिति बैठक बोलाएका हुन् ।
पत्रमा उनीहरुले देशको वर्तमान परिस्थितिमा विभिन्न विषयमा विचार विमर्श गरी निश्कर्षमा पुग्नुपर्ने भएकाले बैठक राखिएको उल्लेख गरेका छन् । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बोलाइएको छ । जसपामा ५१ सदस्यीय कार्यकारिणी समिति छ ।