कोरोना संक्रमणबाट बाँकेमा ९ जनाको मृत्यु

४ जेठ, काठमाडौँ । बाँकेमा विभिन्न अस्पतालमा उपचाररत थप ९ जनाको मृत्यु भएको छ । हिजो दिउँसो ३ बजेदेखि आज बिहान ८ः४५ बजेसम्म यी संक्रमितहरुको मृत्यु भएको हो ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतकमध्ये ४ जना र खुर्खेत, कपिलवस्तु, दाङ, बर्दिया र रूकुम पूर्वका १÷१ जना छन् ।

भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१० बाँकेकी ६२ वर्षीया महिलाको हिजो साँझ ७ः४५ बजे, बाँकेकै खजुरा गाउँपालिका–२ का ८५ वर्षीय पुरूषको आज विहान ४ः३० बजे, नेपालगञ्ज उपमहानगरपालिका–द्द का ५१ वर्षीय पुरुषको आज विहान ८ः ३० बजे र नेपालगञ्ज उपमहानगरपालिका–१९ बाँकेका ५७ वर्षीय पुरूषको आज विहान ८ः ४५ बजे मृत्यु भएको हो ।

यस्तै गुर्भाकोट नगरपालिका–१३ सुर्खेतका ६८ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा हिजो दिउँसो ३ः४५ बजे मृत्यु भएको छ भने शिवराज नगरपालिका–५, कपिलवस्तुका ३८ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो ४ः३० बजे मृत्यु भएको हो ।

यस्तै तुलसीपुर उपमहानगरपालिका–१३ दाङका ५० वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार राति ८ः० बजे मृत्यु भएको छ भने मधुवन नगरपालिका–७ बर्दियाका ६५ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा हिजो राति ९ः१५ बजे मृत्यु भएको छ ।

यस्तै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत पुथा उत्तरगंगा गाउँपालिका–१० रूकुम पूर्वका ६० वर्षीय पुरूषको मंगलबार विहान ८ः४० बजे मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले बताए ।