हामी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतःसंकल्पित छौं

प्रधानमन्त्री, केपी शर्मा ओली

३ जेठ, काठमाडौं । मदन भण्डारी र जीवराज आश्रितको २८ औं स्मृति दिवसमा सोमबार विज्ञप्ति जारी गर्दै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न लागिपर्ने बताएका छन् ।

एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरूपमा एमाले पुनर्स्थापित भएको छ । हामी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतःसंकल्पित छौं ।

उनले जनताको बहुदलीय जनवादको रक्षा गर्दै कार्यान्वयन र विकास गर्दै जाने पनि उल्लेख गरेका छन् ।

साथै ओलीले तीन वर्षअघि एमाले र माओवादी एकीकरण गरिएको सम्झँदै कतिपय नेताका कारण एकीकरण निश्कर्षमा नपुगेको बताएका छन् ।

‘तीन वर्षअगाडि आजकै दिन एमाले र माओवादी एकीकरण गरेका थियौं । विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने त्यो हाम्रो इमान्दार प्रयास थियो,’ ओलीले भनेका छन्, ‘तर कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरण अभियान निष्कर्षमा पुग्न सकेन ।