प्रधानमन्त्री ओलीलाई पुनः शपथ गराउन माग गर्दै सर्वोच्वमा रिट

२ जेठ, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग रिट सर्वोच्चमा । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटीपूर्ण रहेको भन्दै रिट हालेका हुन् ।

प्रधानमन्त्रीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न इन्कार गरेका थिए । निवेदकले संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रोपटक शपथ गराउन माग गरेका छन् ।

अदालत प्रशासनले सो रिट दर्ता गरिसकेको छैन । रिट निवेदकले संविधानमा उल्लेख गरिएको कामकाजी भाषामा नै शपथ लिनुपर्ने माग गरेका छन् । उनीहरुले दोस्रोपटक मन्त्री नियुक्त गरिएका मणिचन्द्र थापा, दावा लामा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी र रामबहादुर थापा ‘बादल’को नियुक्ती बदर गर्न माग समेत गरेका छन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई समेत विपक्षी बनाएर वरिष्ठ अधिवक्ता ज्ञवाली सहितका कानुन व्यवसायीले संघीय संसदको सदस्य नभएको व्यक्तिलाई दोस्रोपटक मन्त्रि बनाउनु असंवैधानिक रहेको दावी गरेका छन् ।

‘मन्त्रीहरुको नियुक्ति संवैधानिक सर्वोच्चताको मूल्य विपरित भएको धारा–१३३ को उपधारा २ र ३ बमोजिम बदर गर्न आग्रह गरिएको छ’ सर्वोच्चमा पुगेको रिटमा भनिएको छ, ‘संघीय संसदको सदस्य नभएको व्यक्ति एकपटक मात्र मन्त्री हुन पाउने र ६ महिनाभित्र संसद सदस्यता लिनुपर्ने संवैधानिक व्यवस्था छ ।