काठमाण्डौ महानगरभित्रका विद्यालयहरूले जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने

२ जेठ, काठमाण्डौ । पछिल्लो चरणमा कोरोना भाइरसका संक्रमण बढ्न थालेपछि सरकारले बन्द गर्न दिएपछि बन्द अवस्थामा रहेका काठमाण्डौ उपत्यकाका बिद्यालयाई काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरूले जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने बताएको छ ।
महानगरभित्रका सबै विद्यालयले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर लिन महानगरको शिक्षा विभागले निर्देशन दिएको हो ।
अनलाइन÷अफलाइन÷टेलिफोन÷इमेलबाट प्रश्न पठाएरलगायत विद्यालय अनुकूल हुने गरी परीक्षा गर्न महानगरले भनेको छ ।
जेठ २० भित्र परीक्षा सकेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गरी असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न महानगरले आग्रह गरेको हो ।
महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आज सूचना निकालेर कक्षा ८ को नगरस्तरीय परीक्षाका सम्बन्धमा यथाशीघ्र सूचना गरिने बताएका छन् ।