Breaking News

दुई साना विमान आकाशमा ठोक्किए, एउटालाई प्यारासुटको सहायता दिएपछि दुबैको सुरक्षित अवतरण

अमेरिकाको डेनभरमा ठोक्किएका दुई विमानमध्ये एकलाई प्यारासुटको सहायतापछि बिस्तारै जमिनमा अवतरण गरिएको छ । अवतरणपश्चात्, उक्त विमानबाट दुई व्यक्ति निस्किएको सेरिफ कार्यालयका प्रवक्ताले बुधबार जानकारी दिए ।

अर्को विमान, सानो कार्गो टर्बोप्रप, विमानस्थलमा अवतरण भएको एरापाहो काउन्टी सेरिफको कार्यालयका सह प्रवक्ता जोन बार्टमानले भने । एक्ला व्यक्ति रहेका उक्त विमानमा पनि कुनै क्षती भएन ।

ती दुई विमान चेरी क्रिक स्टेट पार्कको आकाशमाथि बिहान १०ः२५ मा ठोक्किएको उनले बताए । बार्टमानका अनुसार यसमा कुन विमानको गल्ती भएको हालसम्म पनि पत्ता लाग्न सकेको छैन ।

‘साधारणतया यस्ता दुर्घटना भयानक हुन्छन् तर यो त निकै अचम्म भयो,’ बार्टमानले भने । ‘हाम्रो अधिकार क्षेत्रभित्र थुप्रै विमान दुर्घटना भए । तर कुनै विमानलाई प्यारासुट प्रयोग गरेर सुरक्षित अवतरण गराइएको कहिल्यै देखेका वा सुनेका थिएनौं ।’

यहाँ दिइएको यो तस्बिर की लाइम एयर मेट्रोलाइनरको हो जुन बुधबार आकाशमाथि अर्को विमानसँग ठोक्किँदा पनि सेन्टेनियल विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

 

 

लेखक : एजेन्सी