सर्लाहीमा १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय

३० वैशाख, जनकपुरधाम । सर्लाहीमा जारी निषेधाज्ञा १० दिन लम्बिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को आज बसेको बैठकले निषेधाज्ञालाई जेठ १० गते राति १२ बजेसम्मका लागि निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए ।

कोरोना संक्रमण अझै बढ्दै गएकाले निषेधाज्ञालाई थप १० दिन लम्ब्याउने निर्णय भएको उनले जानकारी बताए ।
यसअघि वैशाख २५ गतेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।