पार्टी एकता जोगाउन २०७५ जेठ २ मा फर्किनुपर्छ

एमाले सचिव, योगेश भट्टराई

३० वैशाख, काठमाडौं । नेकपा एमालेको ओली पक्षले माधव नेपाल समूहका चार नेतामाथि गरिएको कारबाही फिर्ता लिएपछि त्यस बारेका प्रतिक्रिया दिने क्रममा पार्टीका एमाले सचिव योगेश भट्टराईले भनेका छन्, कारवाही गर्नु गल्ति थियो र अहिले फिर्ता गर्नु सकारात्मक पक्ष भएको बताएका छन् । यद्यपि पार्टी एकतालाई जोगाउन जेठ २ मा फर्किन अध्यक्ष केपी शर्मा ओली तयार हुनुपर्ने बताएको छ ।

आज विहान बसेको अध्यक्ष ओली पक्षको स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको छ ।

नेपाल समूहका नेता योगेश भट्टराईले कारबाही फिर्ता लिनु सकारात्मक भएको बताए । ‘कारबाही गर्नु नै गल्ती थियो, गल्ती सच्याउने काम भएको छ ।

यद्यपि पार्टी एकता जोगाउन २०७५ जेठ २ मा फर्किनुपर्ने नेपाल समूहका नेताहरुको अडान छ । भट्टराई भन्छन्, ‘पार्टी अध्यक्षले पार्टीको एकता जोगाउन जेठ २ मा फर्किने र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन उदारता
देखाउनुपर्छ ।