यो तपाईंहरूको अलमल्याउने बाटो मात्रै हो

वरिष्ठ नेता, माधवकुमार नेपाल

३० वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) फुटको अन्तिम स्थितिमा पुगेको बेला अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूको स्थायी कमिटीको आज बालुवाटारमा बसी बरिष्ठ नेता माधवकुमार नेपाल सहितका चार जनाको कारवाही फुटुवा गर्नुका साथै आजै वरिष्ठ नेता माधवनेपाल निवास कोटेश्वरमा भएको छलफल सकिएको छ ।

नेपालसँग छलफल गर्न ओली पक्षीय नेता बिष्णु पौडेललगायत बिहीबार बिहान नेपाल निवास कोटेश्वर पुगेका थिए ।

कोटेश्वरमा भएको छलफलमा पौडेलले नेता नेपालसँग २०७५ जेठ ३ अघिको एमालेको स्थायी कमिटी बैठक बसेर बाँकी विषयमा छलफल गर्न प्रस्ताव गरेको स्रोतले जानकारी दियो ।

पौडेलको प्रस्तावमा नेता नेपालले त्यसपछि जिल्ला÷प्रदेशमा बनाइएका नयाँ कमिटीबारे के गर्ने त ? भनेर प्रश्न गरेका
थिए ।
जवाफमा पौडेलले त्यसका लागि कार्यदल बनाउन सकिने बताएका थिए ।

त्यसपछि नेपालले ’यो तपाईंहरूको अलमल्याउने बाटोमात्रै हो’ भनेको स्रोतले बतायो ।

दुई पक्षबीच कुरा नमिलेपछि छलफल सकिएको छ ।