‘राष्ट्रिय हित, पार्टी विधान विपरित र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपीलाई रोक्नबाट हामीले संसदबाट राजीनामा दिनुपर्छ

एमाले नेता, भिम रावल

२९ वैशाख, काठमाडौं । गएको बैशाख २७ गते प्रतिनिधिसभाको बिशेष अधिवेशनबाट प्रधानमन्त्रीले आफूमाथिको विश्वासको मत गुमाएसंगै पदमुक्त भएसंगै राष्ट्पतिले बहुमतको सरकारका लागि भोलिको समय सिमा दिएपछि बिपक्षी दलको सरकार निर्माणको कसरतमा रहेका बेला नेकपा एमालेका नेता भीम रावलले सामाजिक संजाल ट्वीटरबाट ट्वीट गर्दै सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाल्नुपर्ने भन्दै उनले भनेका छन्, ‘राष्ट्रिय हित, पार्टी विधान विपरित र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपीलाई रोक्न पदमुक्त गर्न आवश्यक छ ।

यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित हुने बताएका छन् ।