रुपन्देहीमा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याउन

२९ वैशाख, बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याउन सिफारिस गरिएको छ । आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

रुपन्देहीमा यसअघि वैशाख १६ गतेदेखि ३० गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

कोरोना संक्रमण दर बढ्दै गएपछि थप १५ दिन निषेधाज्ञा लगाउन डीसीसीएमसीले जानकारी दिए ।