मन्त्री टोपबहादुर रायमाझीले स्वास्थ्य सामाग्री अर्घाखाँची पठाए

२९ वैशाख,काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले गृहजिल्ला अर्घाखाँचीका लागि स्वास्थ्य सामाग्री पठाएका छन् ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै मन्त्री रायमाझीले जिल्लावासीका लागि अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनटेटर, सर्जिकल माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री पठाएका हुन् ।

आज एक विज्ञप्ति जारी गर्दै मन्त्री रायमाझीले अक्सिजन सिलिन्डर २३ पिस, अक्सिजन कन्सनटेटर ५ पिस, भिटिम १८०० पिस, एन्जिन ४०० पिस, सर्जिकल माक्स २७०० पिस, सेनिटाइजर १५ लिटर, अक्सोमिटर ७ पिस, डिजिटल थर्ममिटर २० पिस र पिपिए १९० पिस पठाइएको बताउका छन् ।

उनले पन्जा २०० पिस, चश्मा ५० पिस र फेस सिड ५० पिस पठाइएको बताए । मन्त्री रायमाझीले कोभिड १९ बाट संक्रमण भई उपचाररत सबैमा शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।