तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

२९ वैशाख, काठमाडौं । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ । चाँदीको मूल्य भने स्थिर छ ।

हिजो ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य ९१ हजार पाँच सय रुपैयाँमा झरेको छ ।

चाँदीको मूल्य भने प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा स्थिर छ ।