कोरोना संक्रमणबाट वीपी प्रतिष्ठान धरानमा थप एकजनाको मृत्यु

२९ वैशाख, काठमाडौं । वीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धरान–१, सुनसरीकी ७० वर्षीया महिलाको उपचारको क्रमममा वैशाख २८ गते दिउँसो २ः३० बजे मृत्यु भएको वीपी प्रतष्ठान धरानले बताएको छ ।

यससँगै वीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४७ पुगेको छ ।