नयां सरकार निर्माणको लागि एमाले माधव पक्षसंग सहयोग माग्ने कांग्रेस पदाधिकारीको बैठकको निर्णय

२८ वैशाख, काठमाडौं । हिजो प्रतिनिधिसभाको बिशेष अधिवेशनाट प्रधानमन्त्रीले आफूमाथिको विश्वासको मत नपाएपछि स्वतह पदमुक्त भएपछि बैकल्पिक सरकारको नेतृत्व लिन अग्रसार भएको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि जसपासँगै नेकपा एमालेको असन्तुष्ट पक्षको सहयोग खोज्ने भएको छ ।

कांग्रेस पदाधिकारीहरुको आज बसेको बैठकले राष्ट्रपतिले दिएको समयसीमाभित्र दुई वा दुईभन्दा बढी दलको सरकार गठनको प्रयास गर्ने निर्णय गरेको छ । त्यसका लागि सिंगो जसपाका साथै एमालेको असन्तुष्ट समूहको पनि सहयोग जुटाउन प्रयास गर्ने कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत छ भने जसपाका अध्यक्ष उपेन्द्र यादव पनि तयार छन् । समग्रमा जसपा एकजुट भएर यो अभियानमा सामेल होस् भने चाहन्छौं त्यसका लागि हाम्रो सम्पूर्ण प्रयत्न
हुन्छ ।
तीन दल एकठाउँमा आए स्वतः बहुमत पुग्ने र त्यसो नभए अरु तरिका पनि रहेको उनले बताए ।

एमालेभित्र पनि असन्तुष्ट रहेको र माधवकुमार नेपाल समूह मतदानमा सहभागी नभएको भन्दै उनले भने, एमालेभित्र पनि असतुष्टि छ, उहाँहरु पनि केही निर्णयमा पुग्न सक्नहुन्छ ।