एमाले नेता खनाललाई अस्पतालबाट डिस्चार्ज गरिंदै

२८ वैशाख, काठमाडौं । कोरोना संक्रमण मुक्त भएका नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल आज अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।

दुई दिनअघि स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकाले चिकित्सकको सल्लाहअनुसार उनलाई डिस्चार्ज गर्न लागिएको नर्भिक अस्पतालले बताएको छन् ।

यही वैशाख १८ गते नर्भिक अस्पतालमा भर्ना भएका उनलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको थियो । अस्पतालमा भर्ना भएको भोलिपल्टदेखि नै प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो ।