२७ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत दिन उचित नहुने भएकाले सोमबारको बैठकमा अनुपस्थित भएको प्रष्टिकरण दिएका छन् ।
नेता नेपालले आझ सांझ एक विज्ञाप्ति निकाल्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानमा आँच पुग्ने किसिमका गतिविधि गरेर राज्यलाई नै कमजोर बनाएको, प्रदेश सरकारलाई सत्ता संघर्षतिर धकेलेको जस्ता कारण देखाउँदै विश्वासको मत दिनु उचित नहुने बताएका छन् ।