भारतमा भेटियो कोरोनाभाइरसको कडा भेरियन्ट, १००० गुणा तीब्र गतिमा फैलिरहेछ

कोरोनाभाइरसको आन्ध्र प्रदेश भेरियन्ट । यो शब्दले सबैलाई त्रसित पारिरहेको छ । कोरोनाभाइरसको यो एक भेरियन्ट कुर्नूलमा सबैभन्दा पहिला भेटिएको र विशाखापत्तनममा हाल फैलिरहेको भाइरसको तुलनामा यो १००० गुणा तीब्र गतिमा फैलिरहेको बीबीसी हिन्दीले जानकारी दिएकाे छ।

यो खबरले मानिसहरुले असाध्यै डराइरहेका छन् र राजनीतिक आँधी आउने सम्भावना पनि जताइँदैछ ।

यहाँसम्म कि दिल्ली सरकारले आन्ध्र प्रदेश र तेलंगानाबाट आउने मानिसहरुमाथि पनि प्रतिबन्ध लगाइदिएको छ ।

यस्तोमा प्रश्न यो उठ्छ कि कोरोनाभाइरसको आन्ध्र प्रदेश भेरियन्ट के साँच्चै नै यति शक्तिशाली छ?

र विशेषज्ञ यसबारे के भनिरहेका छन् ?

भाइरसको भेरियन्ट के हो ?

एक भाइरस कुनै पनि व्यक्तिको शरीरमा हुर्कन थाल्छ । विज्ञानको भाषामा भन्ने हो भने मनुष्यको शरीरमा यी भाइरसले आफ्नो सेल्स (कोसिका) को संख्या बढाउन थाल्छ । यो प्रक्रियालाई हामी रेप्लिकेशन वा प्रतिकृति बन्नु भन्ने गर्छौं ।

त्यसपछि यो एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलन थाल्छ र यसै गरी यसको विकास हुन्छ । यो प्रक्रियामा यो आफैं परिवर्तन पनि हुन थाल्छ जसलाई विज्ञानको भाषामा म्युटेशन भनिन्छ ।

स्वरुप बदलिरहेको यो म्युटेशन दुई तीन महिनाको अवधिमा एक भेरियन्ट बन्ने गर्छ ।

जब एक भाइरसले बिरामीको लक्षण फेरिदिन्छ तब यो फैलने गती र शरीरमा रोगको असर पनि परिवर्तन हुने गर्छ ।

ठिक यसै गरी जबदेखि कोरोनाभाइरस अस्तित्वमा आएको छ, यसको सयौं हज्जारौं म्युटेशन भएको छ र तीमध्ये केही भेरियन्ट बनेका छन् ।

तर कोरोनाभाइरसको सबै भेरियन्टबारे चर्चा भइरहेको छैन । तीमध्ये केही तीब्र गतिमा फैलिरहेको छ ।

निजामाबाद गभर्नमेनट मेडिकल कलेजका डाक्टर मदाला किरण भन्छिन्, ‘विश्व स्वास्थ्य संगठनका अनुसार आज दुनियाँमा कोरोना भाइरसको सयौं भेरियन्ट छन् तर तीमध्ये हामीले तीनलाई मात्रै गम्भीरताका लागि लिनुपर्छ । त्यो दक्षिण अफ्रिका, ब्राजिल र बेलायती भेरिन्छ । यही भेरियन्टबारे धेरै चर्चा भइरहेको छ । यसबारे अन्य सात भेरियन्ट छन् जसमाथि हामीले निगरानी राख्नुपर्छ । यी सात भेरियन्टमध्ये एउटा महाराष्ट्र भेरियन्ट हो ।’

यसलाई बेलायती भेरियन्ट बताइँदैछ । यसको २३ म्युटेशन भइसकेको छ र महाराष्ट्र भेरियन्टका १५ म्युटेशन छन् ।

के महाराष्ट्र भेरियन्ट कति खतरनाक छ ?

यतिबेल महाराष्ट्र भेरियन्ट आन्ध्र प्रदेश र तेलंगानामा तीब्र रुपमा फैलिरहेको छ । यसलाई डबल म्युटेन्ट नाम दिइएको छ । कोरोना भाइरसका दुई म्युटेशन  L452R  र E484Q. का विशेषता महाराष्ट्र भेरियन्टमा उच्च स्तरमा पाइएको छ ।

डाक्टर मदाला किरण भन्छिन्, ‘महाराष्ट्रका दुबै म्युटेन्टले मानिसको शरीरलाई निकै बलियोसँग आफ्नो पकडमा पारिरहेको छ । यसैकारण संक्रमित व्यक्तिमा यसको गम्भीर लक्षण देखिएको छ ।’

अर्कोतर्फ स्थानीय अधिकारीका अनुसार विशाखापत्तनममा संक्रमणको स्तर असाध्यै तीब्र गतिमा बढिरहेको छ ।

आन्ध्र मेडिकल कलेजका प्रधानाध्यापक र उत्तरी आन्ध्र प्रदेशमा कोभिड प्रबन्धनका नोडल अफिसर डाक्टर सुधाकर भन्छन्, ‘भाइरसको इन्क्यूबेशन पिरियड (संक्रमणको लक्षण देखिने लाग्ने समय) असाध्यै कम भएको छ । अतितमा सात दिनमा यसको लक्षण देखिन्थ्यो भने अब तीन दिनको समय लागिरहेको छ । कफको समस्या बढेको छ । युवाहरुमा यसको असर देखिएको छ । मृत्युदरको आँकडा पनि बढिरहेको छ । यसरी नै अक्सिजनको आवश्यकता पर्ने बिरामीको संख्या पनि १५ प्रतिशत बढेको छ । समग्र रुपमा हेर्ने हो भने यसको गम्भीर असर परिरहेको छ । यस्तो लाग्छ कि अबको दुई महिनासम्म स्थिति यस्तै रहन्छ ।’

यद्यपि, विशाखापत्तनममा कोरोना महामारीको गम्भीरता महाराष्ट्र भेरियन्टका कारण हो वा अन्य कुनै, यसबारे हाल स्पष्ट जानकारी प्राप्त भइसकेको छैन ।

डाक्टर मदाला किरण भन्छिन्, ‘जब हामीले विशाखापत्तनमका ३६ स्याम्पलको परीक्षण गरेका थियौं तब हामीले एक तिहाई स्याम्पलमा महाराष्ट्र भेरियन्ट पायौं । कोरोनाको N440 K​ भेरियन्ट पाँच प्रतिशत स्याम्पलमा पाइयो जबकी A2A  नामको भेरियन्ट ६२ प्रतिशत स्याम्पलमा पाइयो । दक्षिण अफ्रिका, ब्राजिल र बेलायती भेरियन्ट विशाखापत्तनममा फैलिरहेको छैन ।’