कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ८ जनाको मृत्यु

२७ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्की र स्याङ्जाका २÷२ तथा म्याग्दी, रुपन्देही, पर्वत र तनुहँका एक÷एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।
पोखरा महानगरपालिका–७ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको आज दिउँसो २ः२० बजे मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो ।

यस्तै पोखरा महानगरपालिका–१३ का ८७ वर्षीय पुरुषको आज बिहान ७ बजे मृत्यु भएको छ ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–९ की ६२ वर्षीय संक्रमित महिलाको हिजो बेलुका ६ः४५ बजे गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो ।

यसैगरी स्याङ्जाकै गल्याङ गाउँपालिका–३ का ८४ वर्षीय पुरुषको आइतबार बेलुका ८ः४५ बजे चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

वैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएका म्याग्दीको धौलागिरी गाउँपालिका–२ का ३७ वर्षीय पुरुषको पनि आज बिहान साढे ६ बजे गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ ।

हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएका बुटवल उपमहानगरपालिका–१ का ३४ वर्षीय पुरुषको सोमबार बिहान ८ बजे फिस्टेल अस्पताल पोखरामा मृत्यु भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ का ४७ वर्षीय संक्रमितको पुरुषको हिजो दिउँसो १ बजे मृत्यु भएको छ ।
यस्तै तनहुँको भानु नगरपालिका–१ का ६५ वर्षीय पुरुषको पनि हिजो मृत्यु भएको हो ।