नेकपा (एमाले) को माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु

२७ वैशाख, काठमाडौं । नेकपा (एमाले) को माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । सिंहदरबारमा सुरु भएको बैठकमा संघीय संसदमा सोमबार हुने विश्वासको मत र पार्टी एकताको लागि दिएको समयसीमाको विषयमा छलफल हुँदैछ ।

बिहान साढे नौ बजे बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो । आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका उनीहरुले यसको बारेमा थप छलफल गर्नको लागि बैठक बस्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ । साढे ९ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको बैठकअघि माधव झलनाथ पक्षका केही सांसदहरुले राजीनामा दिने÷नदिने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।