सभामुख ले दिउंसो १ बजे बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

२६ वैशाख, काठमाडौं । भोलि बस्ने प्रतिनिभिसभा बैठकका बारेमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
आज दिउँसो १ बजे बैठक बस्ने जानकारी आएको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सेतोपाटीलाई बताए ।

बैठक संघीय संसद भवन नयाँ वानेश्वरमा बस्ने तय भएको छ ।

भोलि बस्ने प्रतिनिधि सभा बैठक तयारीका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक राखेको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

२६ जना सांसद कोरोना संक्रमित भएकोले प्रतिनिधि सभा बैठकमा कसरी सहभागी गराउने भन्नेबारे पनि बैठकमा छलफल हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भनेपछि सोमबार प्रतिनिधि सभा बैठक बस्न लागेको छ ।