पत्रकार दिनेश दाहालको कोरोना संक्रमणबाट उपचारकै क्रममा निधन

२५ वैशाख, काठमाडौं । पछिल्लो समयमा नेपालमा कोभिड संक्रमणको बढ्दो महामारीले गर्दा मुलुकमा संक्रमण हुनेको संख्या र मर्ने पनि संख्या बढेर जान क्रममा समाचार अग्र भागमा रहेर समाचार संप्रेषण गर्ने पत्रकार पनि कोरोना संक्रमणबाट टाढा रहेनन् । यसै क्रममा पत्रकार दिनेश दाहालको कोरोना संक्रमणबाट आज शनिबार उपचारका क्रममा निधन भएको छ । दाहाल बैशाख ९ गते कोरोना संक्रमण भएका थिए । धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएका उनलाई लगत्तै पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । निमोनियासमेत देखिएपछि उनलाई सोही अस्पतालको आईसीयू कक्षमा राखेर राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा उनको आज निधन भएको हो ।
यसैवीच नेपाल पत्रकार महासंघले काठमाडौं शाखाका सदस्य समेत रहेका दाहालको कोभिड संक्रमणका कारण ४० वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी भएको जनाएकोछ ।

महासचिव रोशन पुरीद्वारा आज जारी शोक विज्ञप्तिमा विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा कार्य गरेका थिए। पछिल्लो समय पत्रकार दाहाल सिपोष्ट न्यूज डटकमका सम्पादक र प्रकाशकको जिम्मेवारीमा रहेको जनाएको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशले प्रदेश समिति मातहत रहेका काठमाडौं शाखाका सदस्य दाहालको निधन प्रति दुख व्यक्त गरेको छ । महासंघका अध्यक्ष श्रीजन झाले आफ्नो समाजीक सञ्जाल मार्फत पत्रकार दाहालको निधनप्रति दुख व्यक्त गरेको हो ।