संसद सचिवालयमा कार्यरत १ जना उपसचिवको कोराना संक्रमणबाट निधन

२४ वैशाख, काठमाडौं । संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ ।
तनहुँ घर भएका ५० वर्षीय उपसचिवको आज बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको हो ।

उनमा २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । केही समय अगाडि उनको पत्थरीको अपरेशन समेत गरिएको थियो ।