अस्पतालमा बेड खोज्दाखोज्दै बुटवलका वडा सदस्यको एम्बुलेन्समै मृत्यु

२४ वैशाख, बुटवल । अस्पतालमा बेड खोज्दाखोज्दै बुटवलमा एकजना वडा सदस्यले एम्बुलेन्समै ज्यान गुमाएका छन् ।
बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको हो ।

नगरप्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईका अनुसार थापालाई एम्बुलेन्समा राखेर अस्पताल चहार्दाचहार्दै बेड नपाएर एम्बुलेन्समै उनको मृत्यु भएको हो । थापालाई एक हप्ता अघि कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा बेड नपाउँदा होम आइसोलेसनमा बस्दै आएका थिए ।

हिजो स्वास्थ्यमा थप समस्या आएपछि उनलाई क्रिमसन अस्पताल मणिग्राम पु¥याइएको थियो । तर अस्पतालले आईसीयू र भेन्टिलेटर खाली नभएको बताएपछि एम्बुलेन्समा राखेर थापालाई भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेज पु¥याइएको थियो ।

‘तीन वटै अस्पताल पु¥यायौं । तर कतै पनि बेड पाएनौ,’ भट्टराईले भने, ‘अन्ततः उहाँको एम्बुलेन्समै उहाँको निधन भयो ।’
उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले अस्पतालमा समयमै उपचार नपाएका कारण वडा सदस्यको मृत्यु भएको बताए ।