कोरोना संक्रमणबाट रुपन्देहीमा थप ३ जनाको मृत्यु

२४ वैशाख, बुटवल । रुपन्देहीका थप तीनजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा दुईजना र कोरोना विशेष अस्पतालको आईसीयूमा एकजनाको मृत्यु भएको हो ।

बैशाख २० गतेदेखि कोरोना बिशेष अस्पतालको आईसीयूमा उपचाररत बुटवल तामनगरका ६५ वर्षीय पुरुषको हिजो राती १ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

वैशाख २२ गते अस्पतालको इमर्जेन्सीमा भर्ना भएका तिलोत्तमा–१ का ४३ वर्षीय पुरुषको शुक्रबार बिहान २ः२१ मा र बैशाख १९ गते देखि अस्पतालको इमर्जेन्सीमै उपचाररत तिलोत्तमा–१ की महिलाको बिहान ५ बजे मृत्यु भएको प्रवक्ता डा.गौतमल जानकारी गराए ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।