सुन चाँदीको मूल्य बढ्यो

२४, वैशाख, काठमाडौं । सुनको मूल्य तोलामा एकैदिन एक हजार एक सय रुपैयाँले बढेको छ । हिजो ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९१ हजार सात सय रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा बढेको मूल्यका कारण नेपाली बजार पनि प्रभावित हुनु मूल्य बढ्नुको एक मात्र कारण रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजाबी सुनको मूल्य ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ । हिजो छापावल सुनको कारोबार मूल्य ९० हजार एक सय रुपैयाँ प्रतितोला थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ मात्रैले बढेको छ । हिजो १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३३० रुपैयाँ तोकिएको छ ।