सीमा नाकाका हाईअलट, शसस्त्रको पैदल गस्ती

कदर समाचार
२४ चैत, भैरहवा । कोरोना भाइरस दिनदिनै बढ्न थालेपछि सरकारले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरी बल रुपन्देहीले सीमामा पैदल गस्ती पनि थालेको छ । सीमाबाट हुन सक्ने आवतजावतमा रोक लगाउन सशस्त्र प्रहरीले पैदल गस्ती थालेको हो ।
खुल्ला सीमाका कारण सर्वसाधरणको आवतजावत हुन सक्ने विषयलाई मध्यनजर गर्दै सीमामा पैदल गस्ती थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेडक्वाटर (राजश्व तथा भन्सार सुरक्षा गस्ती) रुपन्देही डण्डाका प्रमुख डीएसपी मानबहादुर शाहीले बताए ।
उनले सीमामा गस्तीका साथै ग्रामीण क्षेत्रका सर्वसाधरणमा जनचेतना समेत फैलाउने कार्य भइरहेको बताए । ’सीमामा गस्ती पनि भइरहेको छ उता ग्रामिण भेगहरुमा सर्वसाधरणलाई संक्रमणबाट जोगिनका लागि जनचेतना समेत फैलाइरहेका छौँ ।
शनिबारमा सीमावर्ती भारतीय बजार कोल्हुई र पुरन्दपुरमा क्षेत्रमा ६ जना कोरोना संक्रमित फेला परेपछि रुपन्देहीको जिल्लाको साना(ठूला सबै नाका सिल गरी निगरानी बढाइएको हो ।रुपन्देहीको भारतसँग ५९ दशमलव ७ किमि सीमा जोडिएको छ । एक जवानले अर्को जवानलाई देख्ने गरी सीमामा सशस्त्र प्रहरीलाई खटाइएको छ । मातहातका धेरै युनिटहरु अहिले सीमामा केन्द्रित छन् । जवानलाई सीमाको कुना कुनामा परिचालन गरिएको छ ।
जिल्लाका सीमामा ५२ वटा स्थायी प्वाइन्ट राखि २४ घण्टा निगरानी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख एसपी तेज पोखरेलले बताए ।’मातहातका सबै युनिटले आ(आफ्नो क्षेत्र कभर गर्ने गरी गस्ती गरिरहेका छन्’ उनले भने, ’भारतसँग जोडिएको खोलादेखि गल्ली सम्मबाट आवतजावत हुने सबै स्थानमा निगरानी पनि गरिरहेका
छौँ ।