भोलि प्रधानमन्त्रीले देशबासीे नाममा सम्बोधन गर्ने

कदर समाचार
२४ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली चैत्र २५ गते मंगलबार देशबासीलाई सम्बोधन गर्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारीबारे जानकारी दिएका हुन् । उच्च स्रोतका अनुसार, ‘समय तय भएको छैन तर प्रधानमन्त्रीले भोलि (मंगलबार) देशबासीलाई सम्बोधन गर्नुहुन्छ ।